#nepalisong #rangi #timilerretyou this story touched my heart ♥️ एकदिन गुरु आमाले आफ्ना शिष्यलाई सिसाको गिलासमा पानी भरेर यो कति भारी छ भनेर सोध्नु भएछ। बिद्यार्थीहरुले पनि एक एक गर्दै २०० ग्राम १०० ग्राम ५० ग्राम भन्दै तौल अनुमान गरेछन्। गुरु आमाले भन्नुभयो - यो कति भारी छ यस्को तौलमा भन्दा पनि यसलाई मैले कति समय समाएर बस्न सक्छु भन्नेकुरामा भरपर्छ। यदि केहि सेकेन्ड उचालेर कतै राखें भने मलाई यो भारी केहि जस्तै लाग्नेछैन। अब अलिधेरै बेर उचालेर बसें भने धेरै नै गाह्रो हुनेछ र जति बढि बोक्यो हात थाकेर अन्तमा झम्झमाउन थाल्नेछ र गिलास आफ्नो नियन्त्रणमा रहने छैन। यसो बिचार गर्ने हो भने जीवनका हाम्रा तनाबहरु पनि त्यस्तै हुन। एकैछिनका लागि हो भने थाहा नै नपाई त्यसको असर सकिनेछ। बोकेर जति लामो हिड्यो उति गाह्रो हुने र अन्तमा आफ्नै शरीरलाई नै अप्ठ्यारो पार्नेछ। हामी सबैले त्यो गिलास जति सक्दो छिटो बिसाउन सिक्नुपर्छ। त्यसो गर्नसके कुनै भारी आफैंलाई थकाउने बेलासम्म बोक्नै पर्दैन।🙏
#Socialmeadiacopied